Skip to content
    आज भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सयौँ परिवार घरबारविहीन भएका छन् भने कयौँ भौतिक पूर्वाधारहरू ध्वस्त भएका छन्। यस विपद्को समयमा पीडितहरूलाई तत्काल उद्धार, प्राथमिक उपचार, खाद्यान्न र सुरक्षित बासस्थानको व्यवस्था गर्न हामी सबै एकजुट हुनुपर्नेछ। यस परिस्थितिमा Dari Club USA र NY Nepali Kaam Post ले gofundme बाट उठेको रकम सिधै Prime Minister Disaster Relief Fund मा पठाउनेछ। Prime Minister Disaster Relief Fund मा सहयोग गर्न चाहने हरुको लागी जानकारी पनि राखेका छौं। तपाईहरुबाट आएको हरेक सहयोगको जानकारी हामी गराऊनेछौं। For anyone who wants to support Nepal during this difficult time, please consider donating directly to Prime Minister Disaster Relief Funds. I understand there are a lot of people who can not send funds to Nepali account for many reasons. For those, NY Nepali Kaam Post has organized this fundraiser and every penny will be sent directly to the Prime Minister Disaster Relief Fund. I am personally overseeing this and ensure that funds are not misused. As soon as funds are available to withdraw, we will initiate the transfer process and share with everyone. Jay Nepal
    PROJECT SHIKSHA *From 1 student to 150 students in a single year* We need your help in sustaining and expanding this noble cause! For nine years, Project Shiksha has been proving a simple but powerful belief: No young Nepali should be denied an education because of poverty or where they were born. What began with a single scholarship for one deserving student has grown into a nationwide initiative that has supported more than 200 students and now reaches all seven provinces of Nepal. This year alone, Project Shiksha will award 150 scholarships to talented SEE graduates whose dreams might otherwise end at high school graduation. The impact of this investment can already be seen in the lives of our scholars. Students who once faced overwhelming financial barriers are now pursuing careers in medicine, agriculture, and higher education. Some have ranked among the top performers in national entrance examinations. Others have become leaders and mentors, giving back to their communities while pursuing their own academic goals. Every scholarship represents more than financial assistance - it represents opportunity, dignity, and the chance to transform an entire family's future. Here are some of our major accomplishments & highlights 9 consecutive years of operation (2075–2083 B.S.) with sustained annual growth. Expanded from 1 scholarship recipient in Year 1 to 150 scholarships in a single year. Supported more than 200 students since inception. Established a nationwide footprint across all 7 provinces of Nepal, ensuring opportunities for students regardless of geography. Developed a transparent two-stage selection process (entrance exam and interview) focused on both academic merit and financial need. Provides 40 full scholarships covering education, food, and accommodation, and 110 partial scholarships covering educational expenses. Created pathways for students to pursue professional careers in medicine, agriculture, higher education, and leadership roles. Built partnerships with national and international organizations, including academic and technical partners that strengthen program quality and credibility. As demand continues to grow, so does our responsibility. Across Nepal, countless capable and motivated students are waiting for the opportunity to continue their education. Your support will help us expand access, sustain full scholarships for the most vulnerable students, and ensure that talent - not economic circumstance - determines a young person's future. Together, we can turn potential into achievement and create opportunities that will ripple through families, communities, and generations. प्रोजेक्ट शिक्षा *केवल एक वर्षमा १ विद्यार्थीबाट १५० विद्यार्थीलाई सहयोग* यस महान अभियानलाई निरन्तरता दिन र अझ विस्तार गर्न हामीलाई तपाईंको सहयोगको आवश्यक छ! विगत नौ वर्षदेखि, प्रोजेक्ट शिक्षाले एउटा सरल तर शक्तिशाली विश्वासलाई व्यवहारमा उतार्दै आएको छ: गरिबी वा जन्म स्थानको कारण कुनै पनि नेपाली विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुनु हुँदैन। एक जना योग्य विद्यार्थीलाई प्रदान गरिएको एउटा छात्रवृत्तिबाट सुरु भएको यो अभियान आज देशव्यापी पहलका रूपमा विकसित भई २०० भन्दा बढी विद्यार्थीलाई सहयोग पुर्‍याउन सफल भएको छ र नेपालको सात वटै प्रदेशमा आफ्नो पहुँच विस्तार गरिसकेको छ। यस वर्ष मात्र, प्रोजेक्ट शिक्षाले १५० जना प्रतिभाशाली SEE उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछ। यो सहयोग बिना उनीहरुको सपना शायद माध्यमिक शिक्षा मै सीमित हुन सक्थ्यो। यस लगानीको प्रभाव आज हाम्रा छात्रवृत्ति पाउने विद्यार्थीहरूको जीवनमा स्पष्ट देख्न सकिन्छ। एक समय आर्थिक अभावका कारण संघर्ष गरिरहेका विद्यार्थीहरू आज चिकित्सा, कृषि, उच्च शिक्षा लगायत विभिन्न क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिरहेका छन्। कतिपयले राष्ट्रिय प्रवेश परीक्षाहरूमा उत्कृष्ट स्थान हासिल गरेका छन् भने अन्यले आफ्नै शैक्षिक यात्रालाई अघि बढाउँदै समुदायमा नेतृत्व र मार्गदर्शनको भूमिका निर्वाह गरिरहेका छन्। प्रत्येक छात्रवृत्ति केवल आर्थिक सहायता मात्र होइन - यो अपरिहार्य अवसर, सम्मान, र एउटा सम्पूर्ण परिवारको भविष्य परिवर्तन गर्ने सम्भावनाको प्रतीक हो। हाम्रा प्रमुख उपलब्धि र विशेषताहरू निरन्तर वार्षिक विस्तार सहित ९ वर्षको सफल सञ्चालन (बि.स. २०७५ - २०८३)। पहिलो वर्षमा १ जना विद्यार्थीबाट सुरु भई एकै वर्षमा १५० छात्रवृत्ति प्रदान गर्ने स्तरमा पुगेको। स्थापना भएदेखि हालसम्म २०० भन्दा बढी विद्यार्थीलाई सहयोग। नेपालको सातै प्रदेशमा पहुँच विस्तार गर्दै कठिन भौगोलिक परिस्थितिको बाबजुद अवसरका पहुँच सुनिश्चित शैक्षिक योग्यता र आर्थिक आवश्यकतालाई आधार बनाएर पारदर्शी दुई-चरणीय छनोट प्रक्रिया (प्रवेश परीक्षा र अन्तर्वार्ता) को विकास। शिक्षा, भोजन र आवास समेट्ने ४० वटा पूर्ण छात्रवृत्ति तथा शैक्षिक खर्च समेट्ने ११० आंशिक छात्रवृत्ति प्रदान। विद्यार्थीहरूलाई चिकित्सा, कृषि, उच्च शिक्षा तथा नेतृत्वका क्षेत्रमा व्यावसायिक भविष्य निर्माण गर्ने अवसर प्रदान। कार्यक्रमको गुणस्तर, विश्वसनीयता र प्रभावकारिता सुदृढ गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक र प्राविधिक साझेदारहरूसँग सहकार्य स्थापना। शिक्षाको अवसर खोजिरहेका प्रतिभाशाली र मेहनती विद्यार्थीहरूको संख्या नेपाल भरि निरन्तर बढिरहेको छ। त्यससँगै हाम्रो जिम्मेवारी पनि बढ्दै गएको छ। तपाईंको सहयोगले हामीलाई अझ धेरै प्रतिभाशाली तर अवसर नपाएका विधार्थीहरुलाई सहयोग गर्न मद्दत गर्नेछ। तपाईंहरुको हरेक अनुदानले अत्यन्तै विपन्न विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिन, र कुनै पनि नेपाली युवाको भविष्य उसको आर्थिक अवस्थाले होइन, उसको क्षमता र मेहनतले निर्धारण हुने वातावरण निर्माण गर्न मद्दत गर्नेछ। आउनुहोस्! हामी सबै मिलेर सम्भावनालाई उपलब्धिमा रूपान्तरण गरौं, र पुस्तौंसम्म परिवारहरु तथा समुदायहरुमा सकारात्मक प्रभाव पार्ने अवसरहरू सिर्जना गरौं!