
URGENT HELP FOR TWO NEEDY GIRLS
Donation protected
ईलाम जिल्ला माईजोगमाई गाउँपालिका वडा नं ४ नाम्सालिङ स्थाई घर भएका हेमराज बास्तोलाकी २ बर्षकी छोरी सान्भी बास्तोला रसोही गाँउ बस्ने कला दर्जिकी ९ बर्से छोरी समीक्षा दर्जी हाल काठमाडौंमा उपचारको लागि अस्पातल भर्ना भएका छन। सान्भी छोरी रक्तक्यान्सरबाट पीडित छिन् भने समिक्षा छोरी मुटुको बिभिन्न समस्याबाट पीडित भई एक पछी अर्को सल्यक्रियाको तत्काल जरुरत रहेको चिकित्सकहरूले भनेका छन् । दुबै परिवारको आर्थिक अवस्था दयनीय भएकोले हामीले पनि सकेको सहयोग गर्ने हेतुले यहाँहरुको सहयोगको अपेक्षा गरेका छौं। कृपया आफूले सकेको आर्थिक सहयोग यो गोफन्ड मार्फ़त उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।यस पवित्र कार्यमा संलग्न सम्पूर्ण सहयोगी मनहरुलाई नमन गर्दछौं र यी नानीहरुको शिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछौं।
गणेश चापागाईँ
हरिप्रसाद रिजाल
बालकुमारी घिमिरे।
Shanvi Bastola age of 2 is the daughter of Mr Hem Raj Bastola, and Samikshya Darji age of 9 is the daughter of Mrs. Kala Darji. Both children who are the permanent inhabitant of Namsaling Ilam have been hospitalized for their serious medical treatment in Kathmandu, Nepal. Shanbhi has been suffering from blood cancer (leukaemia) and Samikshya has the multiple heart related issues that require surgeries one after another according to the Cardiologists involved in her treatment. Both of the families have been going through a very tough time because of the lack of fund since these families come from a very low economic background. In this situation we hereby plea for your kind donation to support these two Angels. We appreciate all the supporting and helping hands; and all of us have prayers for the speedy recovery of both of these Angels.
Ganesh Chapagai
Hariprasad Rijal
Balkumari Ghimire
Organizer
GANESH CHAPAGAI
Organizer
Buda, TX