Donation protected
प्रतिक्षालाई बचाउन तपाईंको सानो सहयोग अमूल्य हुन सक्छ ।
नमस्कार,
मेरो नाम प्रतीक्षा वि.क हो । म पोखरा-१४, छिन्देढोङा निवासी हुँ र पेशाले एक वरिष्ठ सौन्दर्य नर्स (Senior Aesthetic Nurse) हुँ । म विगत केही वर्ष देखि यो पेशामा संलग्न छु, तर आज म आफ्नो जीवन बचाउन तपाईंको सहयोगको याचना गर्न चाहन्छु ।
मलाई गम्भीर मिर्गौला रोग (End-Stage Kidney Disease) भएको छ । मेरो Creatinine Level 10 पुगेको छ र डाक्टरहरुको अनुसार, मिर्गौलाको प्रत्यारोपण (Kidney Transplant) नै मेरो जीवन बचाउने एक मात्र उपाय हो ।
मेरो रगतको समूह O-negative भएकाले मलाई उपयुक्त मिर्गौला दाता (Donor) पाउन अत्यन्तै कठिन भइरहेको छ । मेरो स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको छ ।
सर्जरी, अस्पताल, औषधी, डोनर व्यवस्थापन, र अपरेसनपछिको उपचार खर्च गरेर मेरो लागि कुल लागत ५०–६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो रकम म र मेरो परिवारको पहुँच बाहिरको हो ।
म अहिले पनि बाँच्छु र फेरि आफ्नो जागिरमा फर्कन चाहन्छु । म फेरि पनि अरुलाई सेवा गर्न चाहन्छु । म एस्तो रोग दिलाउन चाहदिन् ।
तपाईंको एक सानो सहयोग मेरो लागि जीवनदायी सावित हुन सक्छ । सानो सहयोग, सन्देश शेयर वा प्रार्थना जुनसुकै रूपमा तपाईंको साथ पाए भने, म फेरि बाँच्न सक्छु ।
कृपया मेरो कथा साझा गर्नुहोस्, र यदि सम्भवछ भने आर्थिक रूपमा पनि सहयोग गर्नुहोस् ।
अत्यन्त आभारी छु ।
प्रतीक्षा वि.क
नर्स
पोखरा-१४, छिनेडाँडा
+9779821865522


Organizer
pradeep sunar
Organizer
Pointer Mountain, NSW