Main fundraiser photo

Support ONSM Canberra-2020 Team Western Australia

Donation protected
आर्थिक सहयोगका लागि हार्दिक अनुरोध।


सम्पूर्ण पश्चिम अष्ट्रेलियावासी नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरु,

अष्ट्रेलियाका विभिन्न संघिय राज्यहरु, न्यूजिल्यान्ड तथा पापुवन्यूगिनी (ओसियाना क्षेत्र) मा रहेका नेपालीहरु बीच आयोजना हुँदै आएको वृहत खेलकूद कार्यक्रमको ५औं संस्करण यही आउँदो अप्रिल महिनाको १० देखि १३ तारिख सम्म क्यान्वेरामा सम्पन्न हुन गैरहेको कुरा यहाँहरु सवैलाई विधितै छ।

विगतका दुई संस्करणहरुमा जस्तै यस वर्ष पनि पश्चिम अष्ट्रेलियाको नेपाली समुदायको प्रतिनिधित्व गर्दै पश्चिम अष्ट्रेलियाबाट क्रीकेट, फूटबल र भलिबल लगायत ब्याड्मिन्टन, टेबल टेनिस र ५ कि. मि. दौडमा हाम्रा खेलाडीहरुले सो प्रतियोगितामा भाग लिने भएको कुरा जानकारी गराउँदछौं।

भौगोलिक दूरता र समयको कुनै प्रवाह नगरी हाम्रो समुदायका खेलाडीहरु एक भएर ONSM Canberra Team WA को ब्यानरमा हाम्रो समुदाय को प्रतिनिधित्व गरिरहँदा केही आर्थिक कठिनाईका चुनौतीहरु रहेको हुँदा, उक्त चुनौतीलाई सम्बोधन गर्न सहयोग र खेलाडीहरुको मनोवल बढाउन पर्थमा रहेका सम्पूर्ण नेपाली समुदायलाई  सक्दो आर्थिक सहयोग गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछ।

यहाँहरुको आर्थिक सहयोग, सल्लाह र सुझाबको लागि हाम्रा खेलाडीहरु यहाँहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

 
हार्दिक धन्यवादका साथ, 

ONSM Canberra-2020, टीम पश्चिम अष्ट्रेलिया 
Donate

Donations 

    Donate

    Organizer and beneficiary

    Ang Dawa Sherpa
    Organizer
    Ascot, WA
    Nepali Association of Western Australia NAWA
    Beneficiary

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee