- H
- B

Hello everyone,
My name is Aadesh, and I am organizing this fundraiser for my baby cousin, Bivhan Shankar. Bivhan is only 14 months old and has been diagnosed with bone marrow cancer. Doctors have advised that he will need to stay in the hospital for 4–5 months for treatment, followed by 3 years of monthly visits.
Bivhan and his family live in Nepal, where access to medical care is expensive and resources are limited. His parents—my aunt and uncle—are doing everything they can, but with two other young daughters to care for and constant hospital visits, they have had no choice but to stop working. Right now, they have no income at all, and up until this point, our extended family has been supporting them. However, the medical costs are overwhelming, and we need your help.
We are reaching out for your support during this incredibly difficult time. Any contribution—whether through prayers, sharing this fundraiser, or financial donations—will make a difference in ensuring Bivhan gets the life-saving treatment he needs.
All donations will go directly to Bivhan’s parents to cover his medical expenses. Thank you for your kindness, generosity, and support.
यहाँ सबैजनालाई नमस्कार,
मेरो नाम आदेश हो, र म मेरो सानो भाइ, विव्हान शंकरको लागि यो सहयोग संकलन अभियान सञ्चालन गर्दैछु। विव्हान केवल १४ महिना मात्र भएको छ र उनलाई बोन म्यारो क्यान्सर भएको पत्ता लागेको छ। चिकित्सकहरूले उनलाई उपचारको लागि ४-५ महिना अस्पतालमै बस्नुपर्ने र त्यसपछि ३ वर्षसम्म हरेक महिना जाँच गर्नुपर्ने सल्लाह दिएका छन्।
विव्हान र उनको परिवार नेपालमा बस्छन्, जहाँ स्वास्थ्य उपचार महँगो छ र स्रोत-साधन सीमित छन्। उनका आमा-बुवा—मेरो Aunty र Uncle—सबैथोक गरिरहेका छन्, तर दुई जना साना छोरीहरूको हेरचाह गर्दै अस्पताल धाउँदा उनीहरूले काम गर्नसमेत छोड्नुपरेको छ। अहिले उनीहरूको कुनै आम्दानी छैन, र अहिलेसम्म हाम्रो विस्तारित परिवारले सहयोग गर्दै आएको छ। तर, चिकित्सा खर्च अत्यधिक भएकोले हामीलाई तपाईंको सहयोग आवश्यक छ।
यो कठिन समयमा तपाईंको साथ र सहयोगको लागि हामी अनुरोध गर्दछौं। तपाईंको कुनै पनि सहयोग—चाहे प्रार्थना होस्, यो अभियान शेयर गर्नु होस्, वा आर्थिक सहयोग होस्—विव्हानको जीवनरक्षक उपचार सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ।
तपाईंको सबै दान सिधै विव्हानका आमाबुवासम्म पुग्नेछ, जसले उनको चिकित्सा खर्च धान्न मद्दत गर्नेछ। तपाईंको दयालुता, उदारता, र समर्थनको लागि धन्यवाद।

