Donation in memory of Suk Maya Tamang

Suk Maya Tamang’s family is raising funds to cover repatriation and funeral costs

  • D
31 donors
0% complete

$2,940 raised of 

Donation in memory of Suk Maya Tamang

Donation protected
प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

हामी दुःखका साथ यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छौं कि, नर्दर्न भर्जिनियाको लिसबर्ग निवासी सोनी लामा थीङको परिवारमा अत्यन्तै दुःखद घटना घटेको छ। गत जनवरी ३१ तारिख शनिबार सन् २०२६ मा बाथरुममा लड्नुभएपछि उहाँकी आमा सुकमाया तामाङनीको हृदयघात (heart attack) का कारणले देहान्त भएको प्राप्त मेडिकल रिपोर्ट अनुसार पुष्टि भएको छ।

उहाँको देहान्त संयुक्त राज्य अमेरिकाको लाउडन काउण्टी अन्तर्गत लीजवर्ग शहरमा भएको हो।

उहाँ अमेरिका आउनुभएको करिब साढे दुई महिना मात्र भएको थियो र ग्रीन कार्ड पाएको पनि करिब एक महिना मात्र भएको थियो।हाल अमेरिकामा, उहाँकी एक छोरी मात्र हुनुहुन्छ र अन्य सबै छोराछोरी नेपालमै हुनुहुन्छ।

परिवारको निर्णयअनुसार दिवंगत आमा सुकमाया तामाङनीको पार्थिव शरीर अन्तिम संस्कारका लागि नेपालनै लैजाने तयारी भइरहेको छ।

पार्थिव शरीर नेपाल लैजानका लागि धेरै खर्च लाग्ने भएकाले, NRNA Virginia सँगको सहकार्यमा यो गोफण्ड अभियान सुरु गरेका छौं।
तसर्थ: यस मानवीय कार्यका लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकेसम्म सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

तपाईंहरूको सानो सहयोगले पनि यो दुःखको घडीमा परिवारलाई ठूलो राहत मिल्नेछ।
सहयोग मात्र होइन, कृपया यो अभियानलाई सकेसम्म share र promote गरिदिनु होला।

यो कठिन समयमा साथ, सहयोग र प्रार्थनाका लागि सबैप्रति हार्दिक धन्यवाद।

Organizer

NRN VA Chapter
Organizer
Fairfax, VA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee