
HELP GARIMA TO FIGHT AGAINST CANCER
Donativo protegido
आदरणीय आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सादर प्रणाम !
ब्लड क्यान्सर Acute Myeloid Leukemia (AML) जस्तो घातक क्यान्सर रोगसंग लडिरहेकी University of California, San Diego की Pre Medical Student गरिमा चन्द हाल Duarte, City of Hope को ICU मा छन । छोरीको उपचारका लागि बिगत १ बर्षदेखी निरन्तर शारीरीक मानसीक कष्ट भोगीरहेका बैतडी सुदूर पश्चीम नेपाल मुल घर भई हाल West Covina, California वस्नुहुने समाजसेवी गोबिन्द चन्दको परिवार आर्थीक र मानसीक रुपले बिक्षीप्त बनेको अवस्था छ । बिगत १ बर्ष देखी निरन्तर सबै कामकाज छोडेर अस्पताल धाइरहेका चन्द परिवारको यो अवस्थालाई केही सहज बनाउन हामी सबैले हातेमालो गरि सहयोग गर्नुपर्ने बेला भएको छ । परदेशमा सुख-दु:खमा सदैव सदाचारी बन्ने नेपाली समाजले गरिमा चन्दको उपचार सफलताको नव-जीवनको सबैले भगवान श्रीपशुपतिनाथसंग प्रार्थना गरिदिनु हुन स-विनय अनुरोध गर्दछौं ।
"बाबा मलाई छोडेर यही तकियासंगै मेरो टाउको समाएर बस्नु न ! मामु मेरो खुट्टा समाएर यहीं बसिरहनुन, प्लिज । मलाई एक क्षण पनि नछड्नु है ।" जीवन मरणको संघर्षको शैयाबाट गरिमाको यो बिन्ती हार्न नसकी आफ्ना अरु दुई नाबालाक छोरीहरुलाई घरमा छाडेर गरिमाको क्यान्सर संघर्षमा १ बर्षदेखी अस्पातलमा रहेका चन्द दम्पतीको बिलौनामा सान्त्वना प्रदान गरिदिन आफुसक्दो आर्थिक सहयोग जुटाउने हेतुले सुदुर पश्चिम समाज, NRNA क्यालिफोर्निया च्याप्टर,नेपाल अमेरिका एकता समाज, नेपाली जनसंपर्क समिती, लस एन्जलस च्याप्टर एवम लस एन्जलसका संपूर्ण संस्था तथा समाजसेवी हामी सबैले यो आवहान गरेका छौ । आशा छ हामी सबैको प्रार्थना र आर्थिक सहयोगले प्रिय गरिमा नानी र चन्द परिवारलाई केही राहत मिल्नेछ ।
चन्द परिवारको अनुनय :
हाम्री २२ वर्षीया छोरी गरिमा चन्दलाई फेब्रुअरी २०२४ मा एक दुर्लभ र अति आक्रामक प्रकारको रक्त क्यान्सर, एक्युट माइलोइड ल्युकेमिया (AML) भएको पत्ता लाग्यो । उनी हाल सिटी अफ होप, डुआर्टे, क्यालिफोर्नियाको ICU मा जीवन र मृत्युको संघर्ष गरिरहेकी छिन्।
यो दु:खद परिस्थिति एकाएक हाम्रो परिवारमा आयो। हाम्रो २०२३ को क्रिसमस तथा नयाँ वर्ष (२०२४) को उत्सव सामान्य रूपमा बित्यो, तर जनवरीको अन्त्यतिर उनलाई हल्का खोकी र ज्वरो आउने समस्या देखियो। केही हप्ताभित्रै यो घातक रोगले अकल्पनीय रूपमा आक्रमण गर्यो, कुनै पहिल्यै देखिने लक्षणहरू बिना नै। आज हाम्रो परिवार यो कठोर वास्तविकता स्वीकार्न पनि सकिरहेको छैन।
फेब्रुअरी २०२४ मा काइजर अस्पतालमा उनलाई ७+३ प्रकारको आक्रामक केमोथेरापी दिइयो। उपचारपछि उनलाई अस्थायी रूपमा सुधार देखियो र चिकित्सकहरूको सिफारिसअनुसार उनलाई थप उपचारका लागि विशेष क्यान्सर अस्पताल, सिटी अफ होपमा स्थानान्तरण गरियो। जुलाई २०२४ मा गरिमाले बोन म्यारो ट्रान्सप्लान्ट (स्टेम सेल ट्रान्सप्लान्ट) गरिन्। धेरै कठिनाइहरूको सामना गर्दै, एक दाताबाट सेप्टेम्बर २०२४ मा उनको स्टेम सेल ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न गरियो।
तर, अक्टोबर २०२४ को शुरुमा उनलाई Graft-Versus-Host Disease (GVHD) भन्ने गम्भीर समस्या उत्पन्न भयो, जुन बोन म्यारो ट्रान्सप्लान्टपछि देखा पर्ने जटिल अवस्था हो। त्यसयता उनी अस्पतालमै छिन्, कुनै उल्लेखनीय सुधारको संकेत देखिएको छैन। जीवन बचाउन उनले अदम्य साहसका साथ हरेक दिन यो कठोर लडाइँ लडिरहेकी छिन्।
यस कठिन परिस्थितिमा, हामी तपाईं सबैसामु सहयोगको याचना गर्दछौं । गरिमाको उपचार अत्यन्त खर्चिलो हुँदै गइरहेको छ, र हाम्रो परिवार हाल आर्थिक तथा मानसिक रूपमा असाध्यै कठिन अवस्थामा छ। हामी दम्पती हाल रोजगारीविहीन भएका कारण उपचार खर्च जुटाउन असमर्थ छौँ। त्यसैले, तपाईंहरूको सहयोग हामीलाई अमूल्य हुनेछ।
तपाईंको सानो वा ठूलो कुनै पनि सहयोगले गरिमाको जीवनमा ठुलो प्रभाव पार्नेछ। कृपया गरिमाको जीवन बचाउन सहयोग गर्नुहोस्। तपाईंको आर्थिक सहयोग र आशिर्वाद हाम्रो लागि अमूल्य हुनेछ। तपाईंको उदारता प्रति हामी सधैँ आभारी रहनेछौं।
ईश्वरले सबैको रक्षा गरून ॥
जय भोलेनाथ ॥
चन्द परिवार
लस एन्जलस, क्यालिफोर्निया
Heartfelt words from the Father Govind Chand:
My 22yo daughter Garima Chand was diagnosed with Acute Myeloid Leukemia (AML), a rare and very aggressive form of cancer, in February 2024. She is a final year premed student at University of San Diego. Since last year, she is still fighting for her life with this deadly disease. She is currently in ICU unit at City of Hope, Duarte, California.
This came upon us very suddenly. Our 2023 Christmas as well as New Year (2024) celebrations totally went normal but by the end of January 2024, Garima was experiencing a little cough and fever. Within a time frame of a few weeks, this deadly cancer attached her with no prior warning signs and now it is hard to believe this unfortunate tragedy that has turned my entire family upside down.
An aggressive form of chemotherapy (7+3) was administered at Kaiser hospital in February last year. After the chemotherapy treatment, Garima went into remission. With the recommendation of her medical care team, she was transferred to City of Hope, a specialized cancer care hospital for cancer patients, to complete her further treatments Stem Cell Transplant (Bone Marrow Transplant) in July 2024. She faced many up and downs during this long treatment period however, with the help of unrelated donor, an allogeneic stem cell transplant was completed in Sept., 2024.
In early October 2024, she developed Graft-Versus-Host-Disease (GVHD) that attacks after stem cell transplant treatment. Since then, she has been hospitalized and still fighting for her life with no signs of improvement on sight yet. With her strong commitment to stay alive, she is bravely fighting a life-and-death situation every single day.
With hefty medical bills on the way, I am requesting for your financial support at this difficult time. With both of her parents out of income (jobless) due to the illness, please consider contributing to help her medical expenses. The family is facing difficult situation both financially and emotionally and your prayers and financial contribution will certainly make a difference in our lives.
Organizador
Sudurpaschim Samaj
Organizador
West Covina, CA