Radhika Ghimire and Family

  • P
  • K
14 donors
0% complete

$401 raised of 

Radhika Ghimire and Family

Donation protected
एकै घरका आमा र छोरीहरू जीवन र मृत्युको दोसाँधमा… हाम्रो सानो सहयोगले बच्न सक्छ एउटा परिवार

यो कथा कुनै चलचित्र होइन, यथार्थ हो—सैनामैना -१ Rupandehi, Nepal मा अबस्थित एक नेपाली परिवारको यथार्थ।
केहि बर्ष अगाडि बुवाको हृदयघातबाट मृत्यु भयो । उहाले जसो तसो परिवार चलाउनु भएको थियो । बुवाको मृत्यु पछि जेठि छोरीले आत्महत्या गरिन् । पिडा सेलाउन नपाउदै आमा आन्द्राको क्यान्सरसंग लड्दै हुनुहुन्छ, साईलि छोरि राधिका घिमिरेलाई लगत्तै पाठेघरको क्यान्सर भयो उनले अहिले अप्रेसन गरेर बसेकि छिन । , कान्छि छोरी शारीरिक रूपमा अशक्त — अनि माईलि छोरी अरुणा घिमिरे जसले टुहुरी जस्तै भएर सहकारीमा जागिर गरेर घर धानिरहेकी थिइन्।
तर अब अरुणाको काँधमा बोझ सहनै नसक्ने भयो।
घर चलाउने हात मात्रै होइन, आमा-बहिनिको सास जोगाउने जिम्मेवारी पनि उनैको काँधमा आइपरेको छ।
तर उपचारका लागि आवश्यक रकम नहुँदा, उनी आँखा रसाउँदै भन्छिन् —“छोरी भएर बाँच्नु पाप हो कि के हो ?”के हाम्रो सानो सहयोगले त्यो घरमा फेरि उज्यालो ल्याउन सकिँदैन र?
हामी सबै मिलेर, यो अत्यन्त पीडादायी घडीमा, एउटी छोरी, एक आमाको, एक परिवारको साथ दिऔँ।
हामी सक्छौँ — कसैको अध्यारो जीवनमा उज्यालो बाल्न।
सके जति सहयोग गरौँ, नसके माया बाँडौँ।
कृपया सेयर गरिदिनुहोस् — माया पनि ठूलो सहयोग हो ।
हामि अत्यतै पिडादायि परिवारको सहयोगको लागि सहयोग उठाउन लागेका छौ ।

Organizer

Hum Timilsina
Organizer
Westminster, CO
  • Medical
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee