- S
- e

Please Help. Our small help could bring huge difference.
0% complete
$1,092 raised of
28 donations
हामी सबैको सहयोग र सद्भावनाको आशामा यो सानो अपिल राख्न चाहन्छौ
गोरखा न. पा २ स्थायी घर भई हाल #महादेवबेशी धादिङ निवासी २५ वर्षका रमजान अली साउदी अरबमा रोजगारीका क्रममा मुटु र किड्नी सम्बन्धि दिर्घरोगले ग्रसित भएर घर फर्कनु भएको थियो । हाल दुवै किड्नी फेल भएर गम्भीर अवस्थामा काठमाडौं टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँ अहिले नियमित डायलाइसिस गराइरहनु भएको छ र चिकित्सकहरूको सल्लाह अनुसार किड्नी प्रत्यारोपण अति आवश्यक छ। उहाँको आमाले किड्नी दिन पुर्व तयारीका लागि विभिन्न चेकअप गर्दै हुनुहुन्छ तर
दुर्भाग्यवश, अहिले उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएकाले यति ठूलो उपचार खर्च धान्न अत्यन्तै कठिन भइरहेको छ। दैनिक उपचार, औषधि, जाँच तथा अस्पताल खर्चका कारण परिवार ठूलो मानसिक र आर्थिक पीडामा छ।
यस कठिन घडीमा,
तपाईंको सानो सहयोगले पनि एउटा जीवन बच्न सक्छ।
तपाईंको सद्का दान उहाँको भविष्यको आशा बन्न सक्छ।
हामी सबैलाई करुणा, मानवता र भाइचाराको नाताले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गर्दछौं।
साथै, सहयोग गर्न नसक्नु भए पनि यो सन्देश शेयर गरिदिनु नै ठूलो मद्दत हुनेछ।
अल्लाह ताआँलाले तपाईंको सहयोगलाई हजार गुणा बढाएर प्रतिफल दिऊन्।
धन्यवाद।
