
Need help for hospitalize Jaya Prakash rijal mom
Donation protected
बुबा आमाको राम्रो हेरबिचार र सेवा सुश्रुषा गर्न २ महिना अघि visit visa मा अमेरिका लिएर आयौँ । नेपालमै सम्पूर्ण उपचार प्रकृया पूरा गरेर ६ महिनाका लागि आवश्यक औषधी पनि लिएर आएका थियौँ । तर परिस्थिति सोचे जस्तो भएन। आमाको खुट्टा र मृगौलाको समस्यामा मुटुको पनि समस्या थपिएर अचानक गम्भीर विरामी पर्नुभयो । स्वास्थ्य प्रतिकुल बन्दै गएपछि Georgetown Community Hospital को Emergency मा भर्ना गर्यौँ । तर विडम्बना केही दिन अस्पतालमा राखेर उपचार गराउँदा नि स्वास्थ्यमा सुधार आएन । अवस्था झन भन्दा झन जटिल बन्दै गयो । उपचारमा संलग्न डाक्टरहरूको सल्लाह अनुसार आमालाई नर्सिङ होममा हस्पिस्को केयर दिएर राखेका छौँ । Visit visa को अवस्थामा कुनै helth Insurance प्राप्त गर्ने अवस्था पनि हुन सकेन । एकातिर आमाको प्रतिकुल गम्भीर स्वास्थ्य अवस्था र अर्कातिर नितान्त व्यक्तिगत रूपमा गर्नुपर्ने ठूलो उपचार खर्चको आकस्मिक परिस्थितिले कठिन अवस्था सिर्जना गर्यो । यस्तो समयमा हजुरहरुको साथ सहयोगले हाम्रो पीडाको घाउमा मलमपट्टी लाग्ने भरोशा र विश्वास सहित यथाशक्य आर्थिक सहयोगको समेत अपेक्षा राखेर यो Go found me Create गरेका छौँ । एउटा परिवारमा परेको समस्यामा अर्को परिवार र इष्ट्र मित्र बन्धु बान्धवहरूले गर्ने हार्दिक साथ सहयोगको सेवामुखी हाम्रो संस्कृतिप्रति यहाँ सबै सुसंस्कृत हुनुहुन्छ । यहाँहरूका सेवा सहयोगमुखी कर्मवीर धर्मवीर हातहरूप्रति हार्दिक नमन गर्दछौँ
Organizer
Malina Rijal
Organizer
Lexington, KY