- K
- P
*श्री हरिशरणम् *
श्रीवैकुण्ठमुपेत्य नित्यमजडं तस्मिन्परब्रह्मण ।
सायुज्यं समवाप्य नन्दति चिरं तेनैव धन्य: पुमान् ॥
पुजनीय पं टिकाराम भट्टराईज्यूको वैकुण्ठगमनको ख़बरले हामी स्तब्धभएका छौ ।
वहाँको वैकुण्ठवासको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति भगवान श्रीहरिले धैर्य धारणा गर्ने शक्ति प्रदान गर्नुहुनेछ भन्ने बिश्वास राखेकाछौ।
प्रातस्मरणीय गुरूजी पं श्री टिकाराम भट्टराईज्यूको जन्म भूटानको सुरे ब्लकमा वि. सं २००० साल मंसिर १६ गते मंगलवारका दिन पिता विष्णुलाल र माता कौशल्यको कोखबाट दोस्रो सन्तानको रूपमा भएको थियो । बै. बा भट्टराई अति मिलनसार मृदुभाषी र प्रष्ट वक्ता हुनुहुन्थ्यो।
वेद , पुराण , ईतिहास जस्ता बैदिक ग्रन्थहरूको गहन अध्ययन गर्नु भएको थियो । नेपालको माईधार शरणार्थी शिविरपनि बस्नु भयो पछि फेरी गोल्धापमा सर्नु भएको र १९ वर्षसम्म त्यही रहनु भएको थियो ।
वर्तमान उहां कोलोम्वस ओहायोमा हुनुहुन्थ्यो ।
लामो समय देखी Parkison नामक बिरामबाट पिडित हुनुहुन्थ्यो ।
अन्तत्वोगत्वा मिति 2021 December 24 का दिन उहाले हामीलाई छाडेर वैकुण्ठधाम जानुभयो ।
उहा हामीमाज नभएपनि उहाले दिनुभएका उपदेश र मार्ग निर्देशन सदैव अमर बनेर रहने छन् ।हरि ॐ…………

