- K
- R
सहयोगका लागि हार्दिक अपिल !
झापा जिल्ला दमक नगरपालिका–५, यलम्बर चोक (दिपिनी मार्ग) निवासी रोशनी कुमाल करिब २८ महिना अघि उच्च शिक्षा अध्ययनका लागि क्यानडाको टोरन्टो, ओन्टारियोस्थित Niagara College मा अध्ययन गर्न आउनुभएको थियो। अध्ययन सम्पन्न गरेपछि हाल Work Permit मा कार्यरत रहनुभएकी हाम्रै चेलीको मिति १४ मार्च २०२६ का दिन २३ वर्षको कलिलो उमेरमै असामयिक निधन भएको दुःखद् खबरले सम्पूर्ण क्यानडा निवासी नेपाली समुदायलाई मर्माहत बनाएको छ।
मृतकको परिवारले अन्तिम संस्कार नेपालमै गर्ने निर्णय गर्नुभएकोले, उहाँको पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया छ। यस अकल्पनीय घटनाले परिवारमा ठूलो बज्रपात परेको छ। एकातिर छोरी गुमाएको अपार पीडा र अर्कोतिर क्यानडा पठाउँदा लिएको ऋणको भारले परिवार गम्भीर आर्थिक संकटमा परेको छ।
उहाँको पार्थिव शरीर नेपालसम्म ल्याउन आवश्यक ठूलो खर्च परिवारले आफैं जुटाउन नसक्ने अवस्था रहेकाले, यहाँहरूले विगतमा जस्तै यसपटक पनि यथासक्य आर्थिक सहयोग गरिदिनु हुन गैरआवासीय नेपाली संघ क्यानडा सहृदयी मनहरूमा हार्दिक अपिल गर्दछ।
अन्त्यमा, यहाँहरूको अमूल्य सहयोगप्रति धन्यवाद व्यक्त गर्दछौं
Note: GoFundMe asks donors to add tips, but it is NOT mandatory. If you would like to avoid the tips, please click on the "Enter custom tip" and type "0". Thank you for your kindness, compassion and generosity towards the family.
Organizer and beneficiary
Tanka Bahadur Karki
Beneficiary

