
Earthquake Emergencies Support
Donation protected
आदरणीय दाजुभाई दिदिबहिनी एव बुवा आमा सादर नमस्कार ,
यहाँहरुलाई अवगतनै छ,नेपालको उत्तर मध्यपश्चिम भु-भागलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प र त्यस्पछीको पराकम्पन्ले धेरै जनधनको क्षति भएको समाचार र हृदयबिदारक सम्प्रेषणले हाम्रो ध्यान खिचिएको छ। मातृभुमिमा परेको यो अकल्पनीय एवं दु:खद प्राकृतिक प्रकोपमा,सदाझै हामी उक्त खबर पाउना साथ विभिन्न समुहसङ सम्न्वय गरि तत्कालको लागि प्राथमिक सहयता तर्फ अगि बढेको छौ।
नेपालको विभिन्न दैविक प्रकोपमा स्थलगत रूपमा वर्षौ देखि स्थलगत काम गर्दै आई रहेको 100s ग्रुप संग सहकार्य गरी हामी (Daari Club USA, NY Kaam Post , US Nepal Connection, ERFC) ले पीडित समक्ष आवश्यक सामाग्री पठाउने जमर्को गरेका छौं।
यस गोफण्डमीमा उठेको पैसाले हाम्रो प्रारम्भिक लक्ष्य अस्थायी बसोबास र रासनको हुनेछ। सहयोगी हातबाट केही जुटेको सहयोग लिएर 100s Club पीडित क्षेत्रमा पुग्दै छ र स्थलगत अवस्था सम्प्रेषण चाडै हुनेछ । तपाईंको एक सहयोग प्रभावित क्षेत्रमा आश्रति ती तमाम सहयोगको पर्खाईमा रहनु भयेको दाजुभाइ,दिदिबहिनी एवं बुवाआमालाई ठूलो राहत मिल्ने छ। हाम्रो सहयोग महासागरमा एक थोपा मिसाएकोजस्तो होला तर बास्तबमा त्यो महासागर तपाईं हामी कै एक एक थोपाको रुप हो।
सदाझै सहयोग गर्ने अपेक्षा सहित हामिलाई हौसाला प्रदान गरिदिनु भयेकोमा हार्दिक धन्यवाद दिन चहान्छौ।
भवदीय ,
Dari Club USA
NY Nepali Kaam Post
US Nepal Connection
ERFC
Organizer
NY Nepali Kam Post, UNC, Dari Club USA
Organizer
Chantilly, VA