Main fundraiser photo

Assistance for Ashish KC's Bereaved Family

Donation protected
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

जीवन अति अनिच्छित छ । चल्दै गरेको जीवनको यात्रा कतिबेला रोकिन्छ भन्ने कुरा पुर्वानुमान गर्न नसकिने हुन्छ । आज यस्तै एउटा दु:खद घटना हामी नेपाली समुदायमा परेको छ । बाग्लुङ नगरपालिका-१ रामरेखा जन्मघर भई हाल अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरमा रहदै आएका आशिष के.सी. भाई अल्पायुमै दिवंगत भएका छन् । बिगत ३ बर्ष पहिला उनी अमेरिका आएका थिए । नेपाल देखि अमेरिका आउने क्रममा बाटोमा विभिन्न दु:ख, कष्ट झेल्दै अन्तत अमेरिका आई पुगी कानुनी कागजी प्रकृयामै रहेको अवस्थामा रहेकै अवस्थामा मे १७, २०२० का दिन उनको सबै सुनौला सपनाहरुमा पुर्ण विराम लागेको छ । भर्खरै मात्र २५ बर्ष पुगेका तपाईहाम्रा भाईछोरा गुमाउनुको पीडाले परिवारजन एवं समग्र नेपाली समुदायमा मर्माहत बनाएको छ ।
उनको मृत्यु गत मे १७ तारिकका दिन विहान 10:39 बजे स्थानीय अस्पतालमा भएको थियो । उनी गत शुक्रवार ( मे १५ तारिक ) साथीहरुसँगै तलाउमा पौडी खेल्ने क्रममा पानीमा डुबेका र स्थानीय प्रहरीलाई साथीहरुको खबरमा हेलिकप्टर सहितको उद्दार टोली घटनास्थल पुगी तुरुन्त उद्दार गरेर स्थानीय अस्पतालमा उपचारार्थ राखिएको थियो । यद्दपी डाक्टरहरुको अथक प्रयासको बाबजुद पनि उनलाई बचाउन सकिएन ।

निज आशिषका आमाबाबु एउटा होनोहार आशाको केन्द्रविन्दु रहेको छोरा गुमाउनुको कारण मानसिक तनाव त छदैछन् भने अर्को तर्फ उनी अमेरिका आउने क्रममा खर्चिएको ठुलो रकम तिर्न बाँकी पनि तिर्नु पर्ने आर्थिक ज़िम्मेवारी पनि उनीहरुमा थपिएको छ । तसर्थ अव उनको अन्तिम दाहसंस्कारको व्यवस्थापन गर्न र नेपालमा रहेका परिवारजनमा केही न केही राहत सहयोग पुग्न सकोस् भनि मेरिल्याण्डमा रहेका स्थानीय संघसंस्थाहरु: बाग्लुङ समाज अमेरिका, एनआरएन मेरिल्याण्ड, बाना लगायत सम्पुर्ण स्थानीय नेपाली सामुदायिक संघसंस्थाको संयुक्त प्रयासमा एउटा “ गो फण्ड” खोलेर यसै मार्फत आफु सक्दो सहयोग हजुरहरु सबैबाट गर्नको लागी अनुरोध गर्दछौ । यस दु:खद घडीमा दिवंगत आशिष भाईको आत्माको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धांजली अर्पण गर्दैछौ, साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।
Donate

Donations 

  • Dipesh Aryal
    • $10 
    • 4 yrs
  • Anonymous
    • $15 
    • 4 yrs
  • Anonymous
    • $20 
    • 4 yrs
  • Buddha tax And accounting new york
    • $100 
    • 4 yrs
  • Tika Chhantyal
    • $25 
    • 4 yrs
Donate

Organizer

Baglung Samaj, NRNA(MD) BANA
Organizer
Beaver Ridge, MD

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.