- B
- M
- G
अमेरिकाको फेयरफ्याक्स, भर्जिनियामा प्रभावित नेपाली परिवारका लागि आपतकालीन सहयोग
भर्जिनियाको फेयरफ्याक्समा मृतक ममता थापा र उहाका घाईते श्रीमान सन्तोष बस्नेतको परिवारमा हालै घटेको एक दुःखद हिंसात्मक घटनाले नेपाली समुदायलाई गहिरो असर पारेको छ। यस घटनामा मृतक ममता थापा सहित परिवारका अन्य दुई सदस्यले ज्यान गुमाएका छन् भने श्रीमान सन्तोष बस्नेत गम्भीर घाइते भई अस्पतालमा उपचाररत हुनुहुन्छ। उद्धार गरिएका उहाहरुका नावालक छोराको भविष्य भने अहिले अनिश्चित बनेको छ।
यस GoFundMe अभियानमार्फत संकलित रकम निम्न प्रयोजनका लागि प्रयोग गरिनेछ:
• अन्त्येष्टि तथा स्मृति कार्यक्रमको खर्च
• उपचार र पुनर्स्थापनाको लागि सहयोग
• नाबालकको हेरचाह, काउन्सिलिङ तथा दीर्घकालीन सहयोग
• कानुनी तथा अन्य आपतकालीन आवश्यकताहरू
यो अभियान गैरआवासीय नेपाली संघ (NRNA) NCC, भर्जिनिया शाखाद्वारा समन्वय गरिएको हो, जुन अमेरिकामा दर्ता भएको एक गैरनाफामूलक संस्था हो। संकलित सम्पूर्ण रकम पारदर्शी रूपमा प्रभावित परिवारको प्रत्यक्ष हितका लागि प्रयोग गरिनेछ।
हार्दिक अपिल:
तपाईँको सानो सहयोगले पनि यो परिवारलाई फेरि उभिन र जीवनलाई नयाँ दिशा दिन ठूलो बल पुग्नेछ। कृपया आफ्नो गच्छेअनुसार सहयोग गरी यो अभियानलाई आफ्नो समुदायमा सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। मानवता र समुदायको यो ऐक्यबद्धताका लागि यहाँहरू सबैमा हार्दिक धन्यवाद।
Emergency Support for the Affected Nepali Family in Fairfax, Virginia, USA
A recent tragic incident of violence involving the family of the late Mamata Thapa and her injured husband Santosh Basnet in Fairfax, Virginia, has deeply impacted the Nepali community. In this incident, along with the late Mamata Thapa, two other family members lost their lives, while her husband Santosh Basnet remains seriously injured and is undergoing treatment at the hospital. The future of their rescued minor son has now become uncertain.
The funds raised through this GoFundMe campaign will support:
• Funeral and memorial expenses
• Medical treatment and rehabilitation
• Care, counseling, and long-term support for the minor
• Legal and other emergency needs
This campaign is coordinated by the Non-Resident Nepali Association (NRNA) NCC, Virginia Chapter, a registered nonprofit organization in the U.S. All funds will be used transparently for the direct benefit of the affected family.
Please consider contributing and sharing.
Your support can help this family rebuild their lives

