
पत्रकार बसन्त प्रकाश उपाध्यायको परिवारका लागि सहयोग अभियान
0% complete
$10,908 raised of $10K
121 donations
पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारका लागि सहयोग अभियान
पत्रकार बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमै भएको असामयिक निधनले उहाँको परिवारलाई गहिरो शोकसँगै गम्भीर आर्थिक संकटमा पुर्याएको छ। गोरखापत्र संस्थानमा कार्यरत रही मधुपर्क तथा युवामञ्चका सम्पादकसमेत रहीसक्नुभएका उपाध्यायमाथि नै उहाँको सम्पूर्ण परिवार आश्रित थियो। उहाँको निधनपछि परिवारको नियमित आम्दानीको मुख्य आधार नै गुमेको छ।
हाल उहाँको परिवार कठिन परिस्थितिबाट गुज्रिरहेको छ। उहाँको ९४ वर्षीय पिताजी वृद्धावस्थाका कारण नियमित हेरचाह र सहयोगमा निर्भर हुनुहुन्छ। उहाँकी श्रीमती मिर्गौलाले काम नगर्ने गम्भीर स्वास्थ्य समस्याका कारण थलिएर उपचाररत हुनुहुन्छ । त्यस्तै उच्च शिक्षाको सुरुवाती चरणमा रहेका उहाँका एक छोरा र एक छोरीको शिक्षा, पालनपोषण र भविष्य सुरक्षित गर्ने जिम्मेवारी समेत अहिले आर्थिक अभावका कारण अनिश्चित बन्दै गएको छ।परिवारको मुख्य सहारा नै गुमेपछि दैनिक घरखर्च, स्वास्थ्य उपचार र छोराछोरीको शिक्षाजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्नसमेत परिवारलाई कठिन भइरहेको छ। यस्तो पीडादायी अवस्थामा परिवारलाई तत्काल आर्थिक तथा मानवीय सहयोगको खाँचो रहेको छ।
यो GoFundMe किन सुरु गरिएको हो?
उपाध्याय परिवारको यस कठिन परिस्थितिमा केही राहत पुर्याउने उद्देश्यले भानु नगरपालिका, तनहुँ अन्तर्राष्ट्रिय समाज, तनहुँ समाज अमेरिका तथा अमेरिकामा रहनुभएका उहाँका आफन्तहरूले नेपाल अमेरिका पत्रकार संघ (NEAJA) लाई आर्थिक सहयोग संकलनमा सहजीकरण गर्न अनुरोध गर्नुभएअनुसार GoFundMe अभियान सञ्चालन गरिएको हो।
तपाईंको सहयोग कहाँ उपयोग हुनेछ?
यस अभियानबाट संकलित सहयोग मुख्यतः ९४ वर्षीय पिताजीको हेरचाह, श्रीमतीको उपचार, परिवारको दैनिक जीवनयापन तथा छोरा–छोरीको शिक्षालाई निरन्तरता दिन सहयोग उपलब्ध गराईनेछ । दुःख र आर्थिक संकटको यस कठिन घडीमा आफ्नो क्षमताअनुसार सहयोग गरी उपाध्याय परिवारलाई केही राहत र सहारा प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
तपाईंले दिनुभएको सहयोगले शोकाकुल परिवारलाई ठूलो सहारा दिनेछ।
साथै यो अभियानलाई आफ्नो परिवार, साथीभाइ तथा समुदायमा Share गरेर सहयोग पुर्याइदिनुहुन अनुरोध गर्दछौं।
हार्दिक धन्यवाद।
नेपाल अमेरिका पत्रकार संघ (NEAJA)
Support the Family of Journalist Basant Prakash Upadhyay
The sudden passing of senior journalist Basant Prakash Upadhyay at the age of 58 has left his family facing serious emotional and financial hardship. Basant was the primary provider for his family. He leaves behind his 94-year-old father, a wife requiring ongoing kidney treatment, and two children pursuing their education. The Nepal America Journalists Association (NEAJA) is facilitating this campaign to help the family with medical care, daily living expenses, and the children’s education. Any contribution will make a meaningful difference. Please share this campaign with your family, friends, and community.
Thank you for your kindness and support.
Nepal America Journalists Association (NEAJA)

