- P
- k
- P
खोटाङ जिल्ला घर भई क्यानडाको ब्राम्टन शहरमा बसोवास गर्दै आउनु भएका युवा युनेश गिरीको सडक दुर्घटनामा परि भएको अकल्पनीय निधनले हामी सबै स्तब्ध एवम् मर्माहित भएका छौ।
यस दु:खद घडीमा उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै वैकुण्ठमा वास होस् भनी भगवान समक्ष प्रार्थना गर्दछौ। साथै शोक सन्तप्त परिवारजनमा यो बज्रपात सहनसक्ने क्षमता प्रदान गरुन् भनी श्री पशुपतिनाथ संग प्रार्थना पनि गर्दछौं।
यस कठिन समयमा परिवारले पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको निम्ति गो फन्ड मी सुरुवात गरिदिन गैर आवासीय नेपाली संघ क्यानडालाई आग्रह भएको र सोही आग्रह मुताविक हामीले मृतक युनेश गिरीको नाममा गो फन्ड मी स्थापना गरेका छौ। यस कारुणिक क्षणमा सक्दो सहयोगको लागि हार्दिक अपिल गर्दछौ।
धन्यवाद।
गैर आवासीय नेपाली संघ क्यानडा
We are profoundly saddened to announce the untimely passing of Unesh Giri, who is originally from Khotang and lives in Brampton, Canada. Our heartfelt condolences go out to his family, and we pray for the eternal peace of his soul, believing he will find his place in heaven. In this time of grief, we turn to Lord Pashupatinath, seeking strength for the family to endure this challenging moment.
The family has authorized NRN Canada to initiate a GoFundMe campaign to support the return of his remains to Nepal. We encourage everyone to keep Unesh in their thoughts and contribute generously to this noble cause, exemplifying the spirit of community and compassion.
After completing this primary phase, we will consult an attorney and pursue the auto insurance claim.
Thank you.
NRN Canada

