- K
- S
- P
हाम्रा समाजका इतिहासहरु एकाएक गुमाउनु प्राकृतिक नियम हो । मिति जनवारि १३, २०२१ का दिन भण्डारी परिवारमा दुखद समय र संकटको सामना गर्नु परेको छ।परिवारका पिता श्री फौद भण्डारीको भौतिक नासवान चोला सदाको लागि उठेको छ । ८६ बर्षको उमेरसम्म हामीलाइ दिनुभएका हरेक ज्ञानका कुराहरु सदा सदा जीवित रहने छन । दागाना भूटानमा जन्मनु भएका हाम्रा अभिभावक चिराँग सर्नु भएको थियो र परिस्थितिको सामना गर्दै नेपालमा २० बर्षको शरणार्थी जीवन पश्चात पुनर्स्थापनाको क्रममा पिट्सबर्गमा कान्छा छोरा कृष्ण भण्डारी संग रहदै आउनु भएको थियो। ह्रिदय घातका कारण हामीमाझ ओझेलिनु भएका हाम्रा अभिभावकलाइ हार्दिक स्रद्धान्जली दिन चाहान्छौ।

