- S
- S
- P

बिजय पाण्डेय
0% complete
$20,630 raised of
227 donations
हार्दिक श्रद्धाञ्जली तथा सहयोगको भावुक अपिल ️
एउटा जवान सपना, एउटा परिवारको आशा र एउटा उज्ज्वल भविष्य… आज अचानक हामीबाट खोसिएको छ।
नेपालको स्याङ्जा, बिर्घा घर भई हाल अमेरिकाको कोलोराडोमा रहनुभएका मात्र १८ वर्षीय स्वर्गीय बिजय पाण्डेयज्यूको अगस्ट २९, २०२६ मा काम सकेर घर फर्किने क्रममा भएको दुःखद सवारी दुर्घटनामा असामयिक निधन भएको छ।
यो खबरले उहाँको परिवार मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ।
हाल उहाँको पार्थिव शरीर अस्पतालमै रहेको छ। उहाँका बुवा–आमा नेपालबाट अमेरिका आइपुगेपछि अन्त्येष्टि गर्ने तयारी रहेको हुँदा अस्पताल तथा अन्य आवश्यक व्यवस्थापनमा ठूलो आर्थिक खर्च भइरहेको छ।
आज हामीले गरेको सानो सहयोग पनि एउटा शोकमा डुबेको परिवारका लागि ठूलो सहारा बन्न सक्छ।
आउनुहोस्, जात, ठाउँ र परिचयभन्दा माथि उठेर एक नेपाली हुनुको नाताले यो पीडामा परेको परिवारको साथ दिऔं। सकेको आर्थिक सहयोग गरौं र यो पोस्ट शेयर गरेर धेरैभन्दा धेरै नेपाली समुदायसम्म पुर्याऔं।
तपाईंको सानो सहयोग र एउटा शेयरले पनि एउटा परिवारलाई यो कठिन समयमा आशा र हौसला दिन सक्छ।
आउनुहोस्, हातेमालो गरौं। एउटा पीडित परिवारलाई एक्लो महसुस हुन नदिऔं।
स्वर्गीय बिजय पाण्डेयज्यूको आत्माप्रति हार्दिक श्रद्धाञ्जली। ️
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना।
Organizer and beneficiary
Nandalal Nyaupane
Beneficiary
