Main fundraiser photo

Help Manoj Kattel

Donation protected
Please Help !! "Manoj Kattel"

"..बोकेर लाखौंको ऋणको भारी, हजारौं सपनाहरु श्रृङ्गारी,
छोराछोरी र संगीलाई छोडी, आएको परदेश म एक्लो अभागी,
जिउँदो लाश भै लडेको छु आज, न रुन सक्छु न हाँस्नै सक्छु,
जीवनबाट हारेर जिउने आशा कहाँ त्यसै मार्न नै सक्छु ।"

..करिव ५ बर्ष देखि मेरिल्याण्ड राज्यको होमल्याण्ड एभ्यभिन्यु, बाल्टिमोर 21212 मा बसोवास गर्दै आउनुभएका बर्ष ३७ का एक नेपाली भाइ "मनोज काट्टेल" आफ्ना यस्तै यस्तै दु:खहरु पोख्दै भन्छन -"डाक्टर रिपोर्ट अनुसार दुबै किड्नी ९० प्रतिशत फेल भैइसकेको रहेछ। यथासिघ्र प्रतिस्थापन गराउनु पर्ने अवस्था छ। पेटमा अप्रेसन गरेर मेशिन राखिदिएको छ, हाल घर मै बसेर दिनको ३/४ पटक डाईलोसिस् गर्ने गरेको छु र समय समयमा चेकअपको लागि पनि जान्छु। यस परदेशमा एक्लो र अस्वस्थताका कारण आफ्नो दैनिक जिवनमा समेत अत्यन्तै कठिनाईहरु आईपरेकोले जीवनरक्षा तथा औसधि उपचारका लागि अत्यावश्यक सहयोगका लागि सम्पुर्ण आदरणीय नेपाली दाजुभाइ दिदिबहिनीहरु, आफन्तजनहरु तथा सम्पुर्ण जिम्मेवार नेपाली संघसंस्थाहरुलाई आवश्यक साथ र सहयोगका लागि अपिल गरिदिनु भए जिवनभर आभारी हुने थिएँ।" मनोज भाईले "मेरिल्याण्डका हामी नेपाली"लाई गर्नु भएको अनुरोध हामी सम्पुर्ण जनसमुदायहरुमा जस्ताको तस्तै जानकारी गराउँदछौं।

नेपालको गोर्खा जिल्ला, कट्टेल डाँडा-७, गोर्खा जिल्ला निवासी ३७ बर्षिय मनोजका ७ बर्षका एक छोरा अर्शिन कट्टेल र ११ बर्षका एक छोरी इलिना कट्टेल तथा श्रीमती शोभा भट्टराई नेपाल मै छन्। लाखौं नेपालीहरु झैं आफू र परिवारको सुखद जीवन अनि बालबालिकाको राम्रो पढाई अनि उज्ज्वल भबिस्यको सपना साँचेर आफ्नो जिवनलाई नै दाउमा राखेर करिव ५ बर्ष अगाडि ज्यादै नै कठिन बाटो "मेक्सिको" हुँदै अमेरिका आएका थिए। गलत बाटोबाट अमेरिका प्रवेश गर्न ज्यादै कठिन हुन्छ धेरैले आफ्नो ज्यानैको बाजि लगाएर आएका हुन्छ्न र पक्राउमा पर्ने गर्छन। यस्तै भयो मनोजको जिवनमा पनि ज्यादै कठिन यात्रा अनि पक्राउ। उनी पक्राउ परेको थाहा पाएर त्यस समय बाल्टिमोर निवासी केही समाजसेवी तथा संघसंस्थाहरुको पहलमा उनी धरौटीमा छुटेका रहेछन। जस मध्ये धरौटी बापत राखिदिएको सबै रकम उनले बिस्तारै काम गर्दै सबैको तिरी दिएका रहेछन। संघर्षशील मनोज आफ्नो अमेरिकी स्थायी बसोवासको आवस्यक कानुनी प्रक्रियामा अझै लडिरहेका छ्न् । प्राय: नेपाली समुदायले भोग्दै आएको समस्या झैं यहाँको भाषा, नियमकानुन र प्रक्रियाहरु समय मै नबुझ्दा हाल सम्म पनि उनले आफ्नो स्वास्थ बिमा लिएका रहेनछन र यसैको कारण अहिले झनै ठुलो समस्यामा छन उनी। स्वास्थमा आएको गम्भीर समस्या, कठिन काम, अस्वस्थताका कारण काम गर्न पनि अफ्ट्यारो, एक्लो, स्वास्थ बिमा नभएको जस्ता विभिन्न कुराहरुले गर्दा निकै बिपत्ति र झनै चिन्तामा छन भाई "मनोज कट्टेल"।

यस बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण हुन गएकोले सम्पुर्ण मेरिल्याण्डवासी नेपालीजनहरुको तर्फबाट आवस्यक सहायताको लागि हामी बाल्टिमोरवासी नेपालीहरुको स्थानीय छाता संगठन बाल्टिमोर एसोसिएसन अफ् नेप्लिज् इन अमेरिका "बाना", यस बाल्टिमोर, मेरिल्याण्ड वरपर बसोवास गर्नुहुने सम्पुर्ण नेपाली परिवारजनहरु तथा अन्य सम्पुर्ण स्थानीय नेपाली संघसंस्थाहरुलाई पनि सहयोग जुटाउनका लागि सहकार्य गरिदिनहुन विशेष अनुरोध गर्दछौं। साथै सम्पुर्ण बिश्वभर छरिएर रहेका मनकारी नेपालीजनहरुमा उहाँको शिघ्र सु-स्वास्थ लाभको लागि भगवानसंग प्रार्थना गरिदिन हुन तथा बानाले मनोज कट्टेलको नाममा शुरु गरेको यस "Go Fund" मा आफुले सक्दो आर्थिक सहयोग तथा आ-आफ्नो तर्फबाट सकिने आवश्यक कानुनी/भौतिक/ नैतिक हरप्रकार उपयुक्त सल्लाह परामर्श दिई सहयोग गरिदिन हुन हामी बिनम्र अनुरोध गर्दछौं।

- बाना कार्य समिति परिवार 2015/17

थप जानकारी तथा सम्पर्कका लागि:
Kul Mani Acharya : [phone redacted]
Ansuya Onta : [phone redacted]
Satish Chapagain: [phone redacted]
Dev Sharma: [phone redacted]
Srijan Tamrakar: [phone redacted]
Subodha Panta: [phone redacted]
Shalik Wagle: [phone redacted]
Indu Raj Regmi: [phone redacted]
Bal Bdr. Gurung: [phone redacted]
Raju Parajuli: [phone redacted]
Janak Paudel: [phone redacted]
CP Adhikari: [phone redacted]
Richa Ghimire: [phone redacted]
Shiva Raj Joshi: [phone redacted]

www.banaonline.org
Donate

Donations 

    Donate

    Organizer and beneficiary

    BANA BANA
    Organizer
    Baltimore, MD
    Kul Acharya
    Beneficiary
    • Other

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee