Main fundraiser photo

Help Birendra Pradhan

Donation protected
..जिवनरक्षा तथा उपचारका लागि अत्यावश्यक आर्थिक सहयोग र सहायताका लागि सम्पुर्ण जिम्मेवार संघसंस्थाहरु तथा मनकारी जनसमुदायहरुमा साथ र सहयोगका लागि हार्दिक अपिल !!

सारै नै पिडादायी हुन्छ, बिपत्ति !!
तर यहि अप्रिय बिपत्तिको दु:खद पीडा, तपाईं-हामी अनि हाम्रा आफन्तजन र साथीभाइहरुमा कुनै पनि बेला पर्न सक्दछ र हो, यस्तै बिपद् मा नै हो हामीलाई साथीभाइ, परिवार, आफन्त, छिमेकी र समाजको साथ र सहयोग चाहिने।

आज यस्तै ज्यादै अप्रिय पिडाको बिपत्ति आईपरेको छ हाम्रै बाल्टिमोर, मेरिल्याण्ड निवासी एक नेपाली परिवारलाई। नेपालको नारायणी अंचल, पर्सा जिल्ला, बिरगंज घर भई हाल बाल्टिमोरको Owings Mills, मेरिल्याण्डमा लामो समय देखि बसोवास गर्दै आउनुभएका श्री बिरेन्द्र प्रधान अनि उनका जीवनसंगि श्रीमती सुमित्रा प्रधानज्युको सानो परिवारमा आज निकै ठुलो बिपत्ति आईपरेको छ। उमेरले करिव ६५ बर्ष पुगेका डायबिटिज र युरिनरी इन्फेक्सनका बिमारी श्रीमान बिरेन्द्र प्रधान ज्युलाई यो समेत तेस्रो पटकको (right jemiparesis of right upper extremity, Hypertension) ठुलो भयानक "स्ट्रोक" का कारण अस्पतालमा भर्ना गराउन पर्दा नि:सन्तान प्रधान दाम्पतीको जिवनमा अहिले बिपत्तिको निकै ठुलो भुईचालो नै आईपरेको छ।

बिहान बेलुकी हातमुख जोर्न समेत हरेक दिन काम गर्ने पर्ने अवस्थाको यो साधारण परिवारमा आज करिव ५ महिना देखि हस्पिटलको बेडमा आफ्नै जीवन रक्षाको लागि लडिराख्नु पर्दा निर्दयी बिपत्तिले दैनिक खानबस्नलाई समेत पनि केही बाँकी राखेन। कागजपत्रको अभावमा हस्पिटलले पनि अब धेरै सेवा दिन नसकिने भन्दै आफ्नो अर्कै बन्दोबस्त मिलाउनका लागि दवाव दिईसकेको छ। बिरामीको हेरचाहका लागि कोहि नभएकोले स्वयं आफु नै २४ घण्टा स्याहारमा रहनुपर्ने र बढी भन्दा बढी फिजियोथेरापी उपचार गराउन लैजानु पर्ने भएकोले आफुसंग भएको सानो बचत समेत पनि सबै सकिसकेकोले अहिले सम्म एक पटक पनि लैजान नसकिएकोले अब यस बिपत्तिको घडीमा सबैको सक्दो साथ र सहयोगका लागि बाल्टिमोर, मेरिल्याण्डका नेपालीहरुका साझा सामाजिक संस्था "बाना" मार्फत सम्पुर्ण नेपालीहरुमा आर्थिक सहयोगका लागि अपिल गरिदिनहुन अनुरोध गर्दै प्रधान दाम्पतिले निबेदन दिनु भएका छन।

करिव १८ बर्ष देखि विभिन्न प्रक्रियाहरुबाट आफ्नो अमेरिकी बसाइँको आधिकारिकताका लागि विभिन्न कानुनी प्रक्रियाहरुमा लाडिरहेता पनि अहिले सम्म कुनै आधिकारिक प्रक्रिया पूरा नभएको र यसका लागि संघर्षरत रहेका यी दुःखि दाम्पतीलाई अचानक आईपरेको श्रीमानको जटिल स्वास्थ अवस्थाले झनै ठुलो पीडा थपिदिएको छ। कानुनी रुपमा कुनै आधिकारिकता नभएकै कारणले पनि अमेरिकामा लिनै पर्ने अनिवार्य "स्वास्थ बिमा" र अन्य कुनै बिमा समेत लिन नसकेको बताउँदै आज स्वास्थ बिमाको अभावमा औसधि उपचार र कानुनी झमेलामा अल्झिनु पर्दा घाउ माथि घाउ थपिदिएको पीडा सुनाउँदै श्रीमती सुमित्रा प्रधानज्युले यस बिपद्को समयमा आफ्नो साहारा पनि कोहि नभएको र बर्षौंको मेहनतले जोडेको केही बचत पनि सबै सकिएकोले सम्पुर्ण बाल्टिमोर, मेरिल्याण्ड तथा संसारभरका सहयोगी स्नेही मन भएका सम्पुर्ण नेपालीहरुमा आफ्नो श्रीमानको जीवन रक्षाको लागि प्रार्थना गरिदिनु हुन र केही आर्थिक सहयोग गरि केहि समयावधिका यस बिपत्तिसंग लड्नका लागि साथ र सहयोग गरिदिन हुनका लागि बिनम्र अपिल गर्नुभएकी छिन।

प्रधान परिवारलाई पर्न गएको यस बिपद्को घडीमा बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका "बाना" ले उहाँहरुको सहयोगका चाँडै नै "GO FUND" मार्फत उहाँहरुलाई आवश्यक आर्थिक सहयोग लागि पहल शुरु गर्न लागेको कुरा हामीलाई जानकारी प्राप्त भएको छ।

बिश्वभर छरिएर रहेका सम्पुर्ण नेपालीजनहरु तथा विशेषत् अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका सम्पुर्ण जिम्मेवार नेपाली संघसंस्थाहरु, समाजसेवीहरु, समाजका अगुवाहरु, पत्रकार, संचारकर्मी, कलाकार, ब्यबसायी तथा सम्पुर्ण मनकारी नेपाली जनसमुदायहरु आफुले सक्दो आर्थिक सहयोग जुटाई श्री बिरेन्द्र प्रधान ज्युको जीवन रक्षाको लागि आफुले सक्दो साथ र सहयोग उपलब्ध गराईदिनुहुन हामी सम्पुर्ण "मेरिल्याण्डका हामी नेपाली" सबैमा विनम्र अनुरोध गर्दछौं।

थप जानकारी तथा सम्पर्कका लागि,
श्रीमती सुमित्रा प्रधान:
443-739-8493
तथा
बाना कार्यसमिति परिवार (2015/17)
Donate

Donations 

    Donate

    Organizer and beneficiary

    BANA BANA
    Organizer
    Parkville, MD
    Kul Acharya
    Beneficiary

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee