
Stability for Kushal’s Family After Loss
0% complete
$41,059 raised of $50K
760 donations
With a heavy heart, we share the heartbreaking loss of our beloved Kushal. His sudden passing has left his wife and two beautiful daughters, ages 6 and 18 months, facing an unimaginable future without him.
Kushal was a loving husband and a devoted father who cared deeply for his family. His wife and daughters, who live in Fort Worth, Texas, are now facing tremendous emotional and financial challenges as they try to move forward without him.
Kushal’s youngest daughter, who is only 18 months old, has complex medical needs and requires constant care. Because of her daughter’s needs, his wife has not been able to work and has dedicated all her time to providing the care and support her child needs.
We are asking for support to help Kushal’s family with daily living expenses, medical needs, and providing stability and a secure future for his two young daughters during this incredibly difficult time.
Any donation, no matter how small, will make a meaningful difference. If you are unable to donate, sharing this fundraiser and keeping Kushal’s family in your thoughts and prayers would mean so much.
Thank you for your kindness, compassion, and support during this heartbreaking time.
हामी अत्यन्त दुःखी मनका साथ हाम्रो प्रिय कुशलको असामयिक निधनको खबर साझा गर्दैछौं।
कुशलको अचानक निधनले उहाँकी श्रीमती र दुई प्यारी छोरीहरूलाई गहिरो शोकमा डुबाएको छ। केवल ६ वर्ष र १८ महिनाकी छोरीहरूले अब आफ्नो जीवन बुबाको माया, साथ र संरक्षणबिना बिताउनुपर्ने भएको छ, जुन कुनै पनि परिवारका लागि कल्पनाभन्दा बाहिरको पीडा हो।
कुशल एक जिम्मेवार, मेहनती र परिवारप्रति पूर्ण रूपमा समर्पित व्यक्ति हुनुहुन्थ्यो। उहाँको संसार नै उहाँकी श्रीमती र छोरीहरू थिए। उहाँले आफ्नो परिवारको खुसी र भविष्यका लागि सधैं अथक मेहनत गर्नुभयो।
आज उहाँको परिवारले केवल आफ्नो प्रिय व्यक्ति गुमाएको मात्र होइन, जीवनको ठूलो आधार पनि गुमाएको छ। अझ विशेष गरी, उहाँकी कान्छी छोरी, जो अहिले केवल १८ महिनाकी छिन्, जटिल स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन् र चौबीसै घण्टा विशेष हेरचाहको आवश्यकता पर्दछ। छोरीको निरन्तर स्याहार–सुसार गर्नुपर्ने भएकाले उहाँकी श्रीमतीले बाहिर काम गर्न सक्नुभएको छैन र पूर्ण रूपमा छोरीको हेरचाहमा समर्पित हुनुहुन्छ।
यस अत्यन्त कठिन घडीमा हामी सबै दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा शुभेच्छुकहरूसँग सहयोगका लागि हार्दिक अपिल गर्दछौं। तपाईंहरूको आर्थिक सहयोगले दैनिक जीवनयापनका खर्च, स्वास्थ्य उपचार, तथा यी दुई साना छोरीहरूको भविष्य सुरक्षित बनाउन ठूलो सहयोग पुग्नेछ।
तपाईंले दिनुभएको सानोभन्दा सानो सहयोग पनि यस परिवारका लागि अमूल्य हुनेछ। यदि सहयोग गर्न सम्भव नभए पनि, कृपया यो सन्देशलाई धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याइदिनुहोस् र कुशलको परिवारलाई आफ्नो प्रार्थना तथा शुभेच्छामा सम्झिदिनुहोस्।
यस दुःखद घडीमा देखाउनुभएको माया, साथ, सहयोग र सद्भावनाका लागि हामी हृदयदेखि नै आभारी छौं।
Organizer and beneficiary
Anuja Lamsal
Beneficiary
