Main fundraiser photo

Fundraising for Covid-19 Relief in Nepal

Donation protected
नमस्कार आदरणीय जनसमुदायमा , यतिवेला विश्वभरी फैलिएको कोरोना भाईरस संक्रमणले जनजिवन अस्तव्यस्त छ । यतिवेला हाम्रो मातृभूमि नेपालका जनताहरू , मजदुरहरू , सुकुम्वासी तथा सिमान्तकृत समुदाय भएको वस्तीहरूमा कोरोना भाईरस संगै भोगमारीको विशाल समस्या बढ्दै गएको छ । लामो समय जनजीवन अस्तव्यस्त छ , धेरैले रोजगारी गुमाएका छन् , राज्यले उचित राहतको व्यावस्थापन गर्न नसकिरहेको वेला हामी प्रवासमा रहेका नेपालीहरूले हाम्रो समुदायलाई थोरै भए पनि मानविय सेवा गर्ने यो पुण्यकार्य गर्ने सु अवसर हामीलाई आएको छ , यो हाम्रो कर्तव्य पनि हो । तपाई हामीले आफ्नो थोरै खर्च कटाएर नेपालमा अलपत्र परेका मजदुरहरूको पेट भरौ र गरीब तथा सिमान्तकृत बस्तीहरूको चुलो उज्यालो पारौ ।नेपाल आदिवासी जनजाती महासंघ अमेरीकाको तर्फवाट यहाँहरू सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।

नेपाल आदिवासी जनजाती महासंघ अमेरीका ( फिप्ना) federation of indigenous peoples of of Nepal in America ( Fipna) नेपाली अमेरीकन समुदायको साझा सामुदायिक संस्था हो । यो यहाँको कानुन अनुसार ५०१c मा दर्ता भएको संस्था हो । यो नेपाली अमेरीकन समुदायकको अमेरीकामा क्रियाशील १७ वटा सामुदायिक संस्थाहरूको साझा प्रतिनिधीमुलक महासंघ हो । यसले नेपालका आदिवासी जनजाती तथा सिमान्तकृत समुदायहरूलाई राज्यको मूलप्रवाहमा समावेश गराउन बहस र पैरवी गर्ने गर्दछ । साथै अमेरीकामा नेपालको भाषा , कला , संस्कृतीहरूलाई यहाँ पनि स्थापित गराउदै दोस्रो पुस्ताहरूमा पुस्तान्तरण गर्ने र नेपाल र नेपालीहरूको हरेक सुखदु:खमा संगसंगै सहकार्य गर्ने काम गर्दछ । साथै नेपालको आदीवासी भाषा , कला , ज्ञान ,सिप र नेपाली पहिचानलाई विश्वसामु परिचित गराउने र अमेरीकाको मुलप्रवाहमा समाहित गराउने कार्य गर्दछ । साथै विभिन्न संस्कृतिक जगेर्ना , मानवाधिकार, समानता र स्वतन्त्रताको लागी सधै लडिरहने संस्था हो ।

फिप्नाले प्रकृतिक प्रकोप , दुर्घटना , तथा महामारीहरूमा मानविय सेवा र सहयोगको कार्यहरू समय समय मा गर्दै आएको छ । कोरोना संक्रमणको सुरूवातदेखी खासगरेर न्यूयोर्क/न्युजर्सीमा अग्रपंतीमा रहेर समुदायको सेवामा जुटिरहेको छ । फिप्नाले माक्स , ग्लब्स , सेनिटाईजर, टाईनल , थर्ममिटर साथै विभिन्न PPE सामाग्रीहरू र विद्यार्थीहरूलाई ग्रोसरी हरू वितरण गर्दै आएको छ । यसपटक नेपालमा कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरू , मजदुरहरू , सुकुम्बासी बस्तीहरू , सिमान्तकृत बस्तीहरू तथा गरीब बस्तीहरूमा खाद्यान्न वितरण गर्ने हाम्रो कार्यक्रम छ । यो मानविय सेवामा साथ र सहयोग गरीदिनहुन यहाँहरूलाई हार्दिक अनुरोध गर्दछौ ।

लोक चेम्जोङ
अध्यक्ष- नेपाल आदिवासी जनजाती महासंघ अमेरीका
केन्द्रीय समिती, न्यूयोर्क


Hello everyone, Namaste. The coronavirus (covid-19) infection that has spread all over the world and it is disrupting people's lives. At the same time, the people of our motherland Nepal, mostly laborers, slums and marginalized ethnicities are facing a huge problem of Coronavirus infection. Life has been chaotic for a long time. Many have lost their jobs. Nepalese government is not able to provide proper relief. We, the expatriate Nepalese, have the opportunity to do a good deed of humanitarian service to our community, even if it is a small one. It is also our duty. Let's cut our small expenses and fill the stomachs of the stranded workers , poor and impoverished people in Nepal and light the hearth of the poor and marginalized communities. 


Federation of Indigenous People's of Nepal in America (FIPNA) is a common community organization of the Nepalese American community. It is an organization registered in 501c according to the law here. It is a non-profit and non-political organization. It is a shared union federation of seventeen ethnic Nepalese community organization's. It advocates the inclusion of Nepal's indigenous and marginalized communities in the mainstream of the state. It also works to establish Nepal's language, art, and culture in the United States, and to pass it on to other generations. It shares and  co-operates with each and every happiness and sorrow of Nepal and Nepalese. It also introduces Nepal's indigenous language, art, knowledge, skills and Nepali identity to the world and integrates them into the American mainstream. It is also an organization that is always advocating and  fighting for various cultural awakenings, religious harmony, solidarity,  human rights, equality and freedom.


FIPNA has been providing humanitarian assistance in natural disasters, accidents, and pandemics from time to time. Since the Coronavirus  pandemic, FIPNA has been at the forefront of community service, especially in New York/ New Jersey City area. FIPNA has been distributing Masks, Gloves, Hand Sanitizers, Tylenol's, thermometers as well as various PPE equipment and materials. As well as it has been distributing groceries to Neplese international students. This time in Nepal, we have a program to distribute food to the workers,  slums, marginalized and poor people who have lost their jobs due to the Coronavirus infection. We sincerely request you to help and support us in this humanitarian service.


Lok Chemjong
President
Federation of Indigenous People's of Nepal in America.

Organizer and beneficiary

FIPNA AMERICA
Organizer
Elmhurst, NY
Lok Limbu
Beneficiary

Begin your fundraising journey

Create a fundraiser for any person, cause, or nonprofit - it's free and every cause matters.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.