Main fundraiser photo

A cause I care about needs help

Tax deductible
जयदेव गौतम सहयोग अभियान

पाल्पा नेपाल जन्म भई हाल भर्जिनिया अमेरिका बसोबास गर्नुहुने नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाका संस्थापक सदस्य जयदेव गौतम कम्मरभन्दा तल नचल्ने अवस्थामा उपचारका क्रममा हुनुहुन्छ । अकस्मात बिरामी भई भर्ना हुनुभएको गौतम तीन महिना अस्पतालमा भर्ना भएर गत महिना डिस्चार्ज भई नियमित उपचारको क्रममा हुनुहुन्छ । काम गर्न नसक्ने अवस्थामा रहनुभएका गौतमलाई हाल सहयोगको आवश्यकता रहेको छ ।
गौतम मिडिया मनिटर जिएमएमपी, नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्चको उपाध्यक्ष, नेपाल वातावरण पत्रकार समूहको सदस्य, नेपाल अमेरिका पत्रकार संघको संस्थापक सदस्य रहिसक्नु भएकोछ ।
नेपालमा लामो समय पत्रकारिता गर्दा उहाँले युगसम्बाद साप्ताहिकमा सहायक सम्पादक, कान्तिपुर दैनिकमा सहायक वरिष्ठ उपसम्पादक, चित्रण साप्ताहिक, सत्य साप्ताहिक, सौर्य दैनिक लगायतमा काम गर्नु भएको थियो । उहाँले अमेरिकामा बिश्वसंदेशमा काम गर्नु भएको थियो । उहाँका लक्ष्मण रेखाका दासहरू- निबन्ध सङ्ग्रह, विश्वकप फुटबल:कथा एक गाथा अनेक कृति प्रकाशित भएका छन् । गरिमा, मधुपर्क, अस्मिता, मूल्याङ्कन, नव युवा, नयाँ सडक, कान्तिपुर, राजधानी, नागरिक दैनिक, नेपाली पोस्ट डट कम अनलाइनलगायतका पत्र पत्रिकाहरूमा समसामयिक तथा साहित्यिक सयौँ लेखहरू प्रकाशित भएका छन् ।
नेजाले नेपालमा पत्रकारलाई दुख र समस्या परेको अवस्थामा सहयोग गरिरहेको छ । एक छोरा र श्रीमतीको साथमा भर्जिनियाको मनासस शहरमा बेसमेन्ट भाडामा लिई बसिरहनुभएको छ । अमेरिकामा पत्रकारलाई दुखकस्ट परेको यस अवस्थामा सहयोग गर्नु हामी सबैको मानवीय धर्म सम्झी आफ्नो श्रोतबाट ५०१ डलर राखी यस गोफन्ड एकाउन्ट खोलिएको छ । गौतमलाई परेको यस कष्टकर अवस्थामा सहयोग गर्नुहुन सबैलाई नेजा हार्दिक अनुरोध गर्दछ ।

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजा

Organizer

Nepal America Journalist Association
Organizer
Norwalk, CA
Nepalese American Journalist Association
 
Registered nonprofit
Donations are typically 100% tax deductible in the US.

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.